कोइराला समूहले बोलायो छुट्टै भेला « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


कोइराला समूहले बोलायो छुट्टै भेला


273
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज बिहीबार छुट्टै भेला बोलाएको छ ।

भेला बिहीबार दिउँसो २ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याडमा बोलाइएको हो ।

भेलाले खबरदारीपछि संस्थापन समूहले सच्याएर बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । यस्तै, प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलनमा केन्द्रीत हुने छ ।