काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ ।
बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो ।
समितिमा बयानका लागि अधिवक्ताहरु चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायत हुनुहुन्छ । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरुलाई समेत समितिमा बोलाउने सोच गरेको थियो ।
पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरुलाई बोलाउने भनिएपनि न्यायाधीशहरुले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरु भने समितिमा जानुभएको हो ।
समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफुसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्