Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


साढे दुई करोड बीमाको पैसा लिनका लागि युवकको हत्या, ६ जना पक्राउ


24.8k
Shares

काठमाडौं । बीमाको पैसा लिनका लागि एक युवकको हत्या भएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् २ करोड ५० लाख रुपैयाँको बीमा असुल गरिए पछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो ।

प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर–२ का २१ वर्षीय सपना मल्ल, स्याङ्जा वालिङ–६ घर भई हाल बाँकेको कोहलपुर–११ बस्ने ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर–१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेकै बैजनाथ गाउँपालिका–८ बस्ने ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन् ।

अनुसन्धान ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।प्रहरीले उनीहरु विरूद्ध सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

Skip This