Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


286
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँडले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।