बागलुङको मालपोत कार्यालयमा अति आवश्यक बाहेकका सेवा बन्द « Imagekhabar – Online News Portal of Nepal


बागलुङको मालपोत कार्यालयमा अति आवश्यक बाहेकका सेवा बन्द


52
Shares

बागलुङ, माघ ९ । कर्मचारी कोरोना संक्रमित भएपछि मालपोत कार्यालय बागलुङको अति आवश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ ।

कार्यालयका चार जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि सेवा बन्द गरिएको हो ।

मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार सूचना जारी गर्दै जनशक्ति अभावमा अनिश्चतकालको लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराउनु भएको हो ।