
काठमाडौं । माओवादी द्वन्द्वकालमा दैलेखमा पत्रकार डेकेन्द्रराज थापाको हत्या गर्ने तीन जनालाई जिल्ला अदालत दैलेखले जन्मकैदको सजाय सुनाएको छ ।
हत्याका मुख्य आरोपी मध्ये ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीनै जनालाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला गर्ने आदेश दिएको हो ।
दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका अरुण भन्ने बमबहादुर खड्का, भगवतीमाई गाउँपालिका–६ का ‘मुक्ति’ भन्ने बमबहादुर खड्का र दुल्लु नगरपालिका–६ कै केशव खड्कालाई जनही २० वर्षको कैद सजया सुनाइएको हो ।
२०६१ असार १२ गते माओवादीबाट अपहरण गरिएका थापालाई साउन २७ गते नौमुलेको द्वारीमा माओवादीहरूले मरणासन्न हुने गरी कुटेर हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्