भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई « Image Khabar


भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई


0
Shares

एजेन्सी । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिक विज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो ।

जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको कमिटीले जनाएको छ ।

स्युकुरो मानाबे र क्लाउस ह्यासलम्यानलाई जलवायु विज्ञानको फिजिकल मोडेलिङका लागि आधा रकम दिइनेछ भने अर्का वैज्ञानिक जिओर्जिओ पारिसीलाई ग्रह तथा अणुहरुसम्मको डिस्अर्डर र फ्ल्क्चुएसनबीचको सम्बन्धबारेको खोजका लागि आधा रकम दिइनेछ ।

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्त रूपमा नोबेल पुरस्कार दिने चलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।