हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो सडकबाट खोलामा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
प्राप्त प्रारम्भिक विवरणअनुसार बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंका लागि छुटेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथको सडकखण्डबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो ।
सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा तिन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने सात जना घाइते भएका छन् ।
घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई उपचार र आवश्यक प्रक्रियाका लागि हेटौँडा अस्पताल पुर्याइएको छ ।
दुर्घटना हुनुको कारण र मृतक तथा घाइतेहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्