मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु « Image Khabar


मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु


Border circle
Imagekhabar

एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो ।

अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ । मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन् । यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा अविरल बर्षा जारी रहेकाले सबैलाई सुरक्षित रहन अपील गरेका छन् ।

मेक्सिकोमा बर्षाका कारण ३० हजार मानिस प्रभावित भएका छन भने बाढीमा मेक्सिकोको उपनगरमा दुुइ जनाको मृत्यु भएको छ । बाढीका कारण सयौंलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्