Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

गाइजात्राको दिन काठमाडौं बाहिर भने नेवार समुदायलाई मात्र

26
Shares

काठमाडौं । भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो ।

सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

तर याे बिदा काठमाण्डाैं बाहिर भने नेवार समुदायले मात्र पाउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । (अद्यावधिक गरिएको)