Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


बाढीले हेलम्बुको रातो पक्की पुल बगायो, हेलम्बु र मेलम्चीका ५ वडा सडक सम्पर्कविच्छेद(हेर्नुहोस् भिडियो)


0
Shares

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान ७ बजेर ५३ मिनेटमा हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो ।

यो पुल असार १ गते आएको बाढीबाट बचेको थियो । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ ।

शनिबार रातिबाट आएको बाढी बढ्दै गएपछि बिहान उक्त पुल बगाएको हो । रातिबाट नै पुलको माथि हुँदै पानी बगेको थियो ।

पुल बगाएपछि हेलम्बु गाउँपालिकाको १,२ र ३ नम्बर वडा पूर्णरुपमा सम्पर्कविच्छेद भएको देउजाले बताउनुभयो । उहाँका अनुसार मेलम्ची नगरपालिकाको वडा ७ र ८ मा त्यही पुल हुँदै गाडी ओहोरदोहोर गर्ने गर्दथ्यो । अब ती वडा पनि सडक सम्पर्कबाट टुटेको छ ।