Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमाले र माओवादी केन्द्र आज पनि एउटै लहरमा, दुई पार्टी अलगको पत्र पुग्यो संसद सचिवालयमा


0
Shares

काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गर्दै सोको जानकारी संसद सचिवालयलाई दिएको हो ।

आइतबार सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको फैसला सुनाएको थियो । जसका कारण यी दुई दल पूर्ववत अवस्थामा पुगेका हुन् ।

निर्वाचन आयोगले दुई दल अलग अलग रहेको भन्ने जानकारी संसद सचिवालयलाई गराए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा भने दुबै पार्टीका सांसद सत्तापक्षकै सिटमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।