अर्घाखाँची अस्पतालका १७ जनामा कोरोनापछि सेवा बन्द • Image Khabar Image Khabar


अर्घाखाँची अस्पतालका १७ जनामा कोरोनापछि सेवा बन्द


इमेजखबर
२२ कार्तिक २०७७, शनिबार २०:१४

अर्घाखाँची अस्पतालका १७ जनामा कोरोनापछि सेवा बन्द

अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

अस्पतालका प्रमुख डा. कपिल गौतमसहित १७ जनामा कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्