झापामा कोरोनाबाट ५८ जनाले ज्यान गुमाए • Image Khabar Image Khabar


झापामा कोरोनाबाट ५८ जनाले ज्यान गुमाए


Imagekhabar
२१ कार्तिक २०७७, शुक्रबार १२:०१

झापामा कोरोनाबाट ५८ जनाले ज्यान गुमाए

झापा । झापामा कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको छ ।

जनस्वास्थ्य कार्यालय झापाको अनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् ।

तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा दमकमा ५५८ जना सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्