चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु • Image Khabar Image Khabar


चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु


रासस
११ कार्तिक २०७७, मंगलवार २०:००

चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु

चितवन, कात्तिक ११ । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको मंगलबार बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

उहाँलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

मृतक पुरुष मधुमेहको समेत बिरामी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्