दमक नगरप्रमुखलाई कोरोना पुष्टि, नगरपालिका ४ दिनका लागि बन्द • Image Khabar Image Khabar


दमक नगरप्रमुखलाई कोरोना पुष्टि, नगरपालिका ४ दिनका लागि बन्द


Imagekhabar
२० आश्विन २०७७, मंगलवार ०९:१७

दमक नगरप्रमुखलाई कोरोना पुष्टि, नगरपालिका ४ दिनका लागि बन्द

झापा । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।

उहाँकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्