सेतीमा उपचाररत् धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


सेतीमा उपचाररत् धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु


0
Shares

कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

असोज १० गते उहाँमा कोरोना पुष्टि भएको थियो । उहाँको ‘आईसीयू’मा राखेर उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उहाँ कोरोना पुष्टि हुनु अगाडिदेखि नै सेतीमा उपचाररत् हुनुहुन्थ्यो । असोज ७ गतेदेखि उपचार भइरहेकोमा सोमबार मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

योसँगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा २१ पुगेको छ ।