पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु • Image Khabar Image Khabar


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


Imagekhabar
७ आश्विन २०७७, बुधबार १६:४८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं, असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।

२४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९९५४ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापा, सिरहा, काठमाडौं, ललितपुर, बर्दियामा गरि जम्मा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्