हृदयाघातबाट वडाध्यक्षको मृत्यु • Image Khabar Image Khabar


हृदयाघातबाट वडाध्यक्षको मृत्यु


Imagekhabar
६ भाद्र २०७७, शनिबार १८:२९

हृदयाघातबाट वडाध्यक्षको मृत्यु

सुनसरी, भदौ ६ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष हिरालाल यादवको हृदयाघात भएर मृत्यु भएको छ ।

घरमै बसिरहेको बेला शनिबार दिउँसो हृदयाघात भएपछि उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

उपचारका लागि अस्पताल पुर्‍याइएपनि कोरोनाभाइरसका कारण अस्पतालहरुमा भेन्टिलेटर अभावका कारण समयमै उपचार नभएपछि वडाध्यक्ष यादवको मृत्यु भएको बताइएको छ ।

उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्