नेपाल–कोरिया मैत्री अस्पतालका चारजनामा कोरोना • Image Khabar Image Khabar


नेपाल–कोरिया मैत्री अस्पतालका चारजनामा कोरोना


Imagekhabar
३१ श्रावण २०७७, शनिबार १६:४५

hospital

भक्तपुर, साउन ३१ । भक्तपुरको थिमिस्थित नेपाल–कोरिया मैत्री अस्पतालका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत् तीनजना नर्स र एकजना पार्किङ व्यवस्थापकमा कोरोना देखिएको हो ।

अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै रोग समुदायस्तरसम्म फैलन नदिन अस्पतालका अत्यावश्यकबाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जनाएको छ ।

कोरोना भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्