तनहुँमा पहिरोमा परेर नौ जना बेपत्ता, एक जनाको मृत्यु • Image Khabar Image Khabar


तनहुँमा पहिरोमा परेर नौ जना बेपत्ता, एक जनाको मृत्यु


Imagekhabar
२९ असार २०७७, सोमबार ०९:०६

तनहुँमा पहिरोमा परेर नौ जना बेपत्ता, एक जनाको मृत्यु

तनहुँ । तनहुँको ग्याम्दे गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । १७ वर्षीया लक्ष्मी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको रत्नहरि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । तनहुँकै ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले घर पुर्दा पाँच जना बेपत्ता भएका छन् ।

गएराति गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय आनबहादुर सुनारीको घर पहिरोले पुरिँदा सुनारीका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएको तनहुँ प्रहरीले जनाएको छ ।

सुनारीकी श्रीमती घाइते भएकोमा उनलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

त्यसैगरी व्याँस नगरपालिका –९ मा एकै घरका ४ जना पुरीएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्