
आइएसले बुधबार (हिजो) जारी गरेको उक्त भिडियोमा अमेरिकी बालकलाई जिहादी तालिम दिइएकोसमेत उल्लेख छ ।
आफ्नो नाम यूसुफ बताउने ती बालकले उक्त भिडियोमा भनेका छन्, ‘मिस्टर ट्रम्प लडाईको अन्त्य तिम्रो भूमीमा हुनेछ, अल्लाहले तिमिहरुको हार र हाम्रो जीतको बचन दिएका छन् ।’
आफ्नो बाबु अमेरिकन सेनामा रहेर इराकमा मुजाहिदिनविरुद्ध युद्ध लडेको बताउने ती बालकले राष्ट्रपति ट्रम्पलाई ‘यहुदिको कठपुतली’ भनेका छन् ।
‘एसआइटिइ इन्टेलिजेन्स ग्रुप’ले आफ्नो आमासँग दुईवर्ष अगाडी इराक आएको यूसुफ आइएसको सम्पर्कमा आएपछि सिरियाको रक्का शहर पुगेर उक्त भिडियो खिचिएको पुष्टि गरेको छ ।
अरवी भाषासमेत बोल्न जानेका ती बालकले उक्त भिडियोमा इस्लामिक राज्यको विरुद्ध गरिएको हवाई आक्रमणको वर्णन गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘यो लडाइको अन्त्य मोसुल या रक्कामा नभई पश्चिमा देशहरुमा हुनेछ, मिस्टर ट्रम्प लडाइको लागि तयार होउ ।’
भिडियोमा उनले अब्दल्ला नाम गरेको ७ वर्षीय बालकसँगको मित्रताकोबारेमा समेत वर्णन गरेका छन् । उनले पहिले इराकको सिन्जर शहरमा बसेको र त्यहाँ अमेरिकन गठवन्धन सेनाले कब्जागरेपछि राक्वा शहर आएको बताएका छन् ।
ती बालकले अन्त्यमा बार्सिलोनामा भएको आक्रमणको खुलेर प्रशंसा गर्दै भनेका छन्, ‘स्पेनसँगको लडाई पृथ्वीको अन्त्यसम्म जारी रहनेछ ।’
पछिल्लोपटक सार्वजनिक भएको इस्लामिक स्टेटको प्रोपोगाण्डा भिडियोमा १० वर्षीय बालक यूसुफमार्फत दिइएको सन्देशले पश्चिमा देशहरुमा आक्रमणको श्रृखंला भर्खर सुरुमात्र भएको जनाउ दिएको बताइएको छ । तर, अमेरिकन जासुसी संस्था सिआइएले भने भिडियो आधिकारिकतावारे अध्ययन गरिरहेको ‘डेलिमेल‘ले उल्लेख गरेको छ ।
‘बीबीसी‘का अनुसार आइएसले उक्त भिडियो चौथो श्रृखंलाको रुपमा बुधबार (हिजो) जारी गरेको हो । ‘द फरटाइल नेशन’ नाम गरेकोे भिडियो श्रुखंलाको पहिलो भाग गत जुलाइमा सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्