Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


टर्कीको एक विद्यालयमा भएको गोलीकाण्डमा ९ जनाको निधन, १३ घाइते


273
Shares

एजेन्सी । टर्कीका आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्टसीले देशकाे दक्षिणी शहर कहरामनमारसमा भएको विद्यालय गोलीकाण्डमा करिब नौ जनाको मृत्यु भएको बताउनुभएकाे छ ।

मन्त्रीसिफ्टसीले बुधबार मृत्यु हुने मध्ये ८ जना विद्यार्थी र एक जना शिक्षक रहेको बताउनुभएकाे हाे । अन्य १३ जना घाइते भएको र जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताउनुभएकाे हाे । यसैबीच, टर्कीका शिक्षा मन्त्री युसुफ टेकनले कहरामनमारसमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको जानकारी दिएकाे बताउनुभयाे ।

स्थानीय प्रसारक एनटीभीले साेही घटना स्थानीय समय अनुसार बुधबार दिउँसो साढे १ः बजे आयसर कालिक मध्य विद्यालयमा भएको जनाएकाे छ । जहाँ आक्रमणकारीले दुई वटा कक्षाकोठामा प्रवेश गरी आक्रमण गरेका थिए ।