एजेनसी । अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डले सोमबारदेखि अमेरिकी नाकाबन्दी शुरु भएयता अहिलेसम्म १० वटा जहाजहरूलाई फिर्ता पठाइएको र कुनैपनि जहाजले जलडमरूमध्य पार गर्न नसकेको बताएकाे हाे ।
कमाण्डका प्रमुख ब्राड कूपरले मंगलबार राति एक्समा अमेरिकी सेनाले समुद्रमार्फत इरानमा हुने र इरानबाट हुने आर्थिक व्यापार पूर्ण रूपमा बन्द गरेको बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्