Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


अमेरिकी आक्रमणपछि श्रीलंकामा अलपत्र परेका २ सय बढी इरानी नौसैनिक स्वदेश फिर्ता

मृतकको शव पनि तेहरान फर्काइयो

1.4k
Shares

एजेन्सी । अमेरिकी आक्रमणपछि श्रीलंकामा अलपत्र परेका दुई सय भन्दा बढी इरानी नौसैनिकहरु स्वदेश फर्किएका छन् ।

श्रीलंकाका उप रक्षामन्त्री अरुणा जयसेकराले ‘आइरिस देना’ नामको पानीजहाजबाट उद्धार गरिएका ३२ जना र ‘इरिन्स बुशेहर’ बाट उद्धार गरिएका २ सय ६ जनालाई इरान फिर्ता गरिएको पुष्टि गर्नुभएकाे हाे । इरानी युद्धपोत आइरिस डेना मार्च ४ मा श्रीलंकाको दक्षिणी तटीय रेखाबाट ४० किलोमिटर पर अमेरिकी पनडुब्बीबाट प्रहार गरिएको टोर्पेडोसँग ठोक्किएपछि डुबेको थियो । यो घटनामा १ सय ४ जनाको मृत्यु भएको थियो । गत मार्च ५ मा श्रीलंकाले इरानी नौसेना जहाज इरिन बुसेहरलाई नियन्त्रणमा लिएको बताएको थियो ।

आइरिस डेना भारतले आयोजना गरेको सैन्य अभ्यासबाट फर्कदै गर्दा आक्रमणमा परेको थियो । आक्रमणमा मारिएका ८४ इरानी नौसैनिकको शव चार्टर्ड विमानमा इरान फर्काईएको थियो ।