Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


कम्बोडियाबाट गैरकानूनी काममा लगाइएका ४६ जना नेपालीको उद्धार (विज्ञप्तिसहित)


0
Shares

काठमाडाैं । थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले कम्बाेडियाबाट ४६ जना नेपालीकाे उद्धार गरेकाे छ ।

दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूकाे उद्धार गरेकाे जनाएकाे हाे । उद्धार गरिएका सबै स्वदेश फर्किसकेका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएकाे हाे ।

दूतावासले आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६ सय ७६ जना नेपाली कम्बोडिया पुगेका थिए । दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान समेत अनुरोध गरेको छ ।