Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


भारतको उत्तर प्रदेशमा रेलले किचेर ५ जनाकाे निधन


559
Shares

एजेन्सी । भारतको उत्तर प्रदेशमा रेलले किचेर ५ जनाको मृत्यु भएको छ ।

प्रयागराज जिल्लाको पचदेवरा गाउँ नजिक हाइवेमा बुधबार राति रेलबाट झरेर पिसाब फेरिरहेका ५ जनालाई अर्को रेलले किचेको हो । दिल्ली–हावडा रूटमा कालका मेलबाट उत्रिएर पटरीमा उभिएका ५ यात्रीलाई पुरुषोत्तम एक्सप्रेसले किचेको र उनीहरुको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्महरुले जनाएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार कालका मेलमा एक यात्रु खस्दा चेन पुलिंग गरि रेल रोकिएको थियो । रेल रोकिने वित्तिकै केही यात्रु रेलबाट झरी पटरी किनारमा उभिरकेको समयमा मिर्जापुरबाट तीब्रगतिमा आएको पुरुषोत्तम एक्सप्रेसले पाँचजनालाई किचेको हो । घटनालगतै प्रहरी, स्थानीय पुलिस र प्रशासनिक अधिकारीहरुले शवहरुलाई बाहिर निकालेका थिए ।

अधिकारीहरुले यात्रुको लापरवाहीका कारण दुर्घटना भएको बताएता पनि अनुसन्धान भइरहेको छ ।