काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार मुम्बई इन्डियन्सले र पञ्जाब किंग्सकाे सामना गर्ने भएकाे छ ।
भारतकाे वाङ्खडे रंगशालामा बिहीबार राति पौने ८ बजेदेखि मुम्बई इन्डियन्सले र पञ्जाब किंग्सकाे सामना गर्ने भएकाे हाे। जारी सिजनमा दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ७ अंक जोडेको पञ्जाब किंग्स तालिकाको तेस्रो स्थानमा रहेको छ । २ अंक मात्रै जोडेको मुम्बई भने पुछारबाट दोस्रो स्थानमा रहेकाे हाे ।
त्यस्तै, आईपीएल क्रिकेटमा बुधबार राति भएकाे खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलाेर शीर्ष स्थानमा उक्लिएको छ । बैंगलाेरमा भएको खेलमा पहिले व्याटिङ गरेको लखनउले २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो । जवाफमा १ सय ४७ रनको सामान्य लक्ष्य बैंलाेरले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ। याे जितसँगै बैंगलाेर ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा प्रवेश गरेकाे हाे ।
समान खेलबाट समान ८ अंक भए पनि राजस्थान रोयल्स रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।









प्रतिक्रिया दिनुहोस्