Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


बेलायती संचार संस्था बीबीसीले करिब २ हजार कर्मचारी कटौती गर्दै


234
Shares

एजेन्सी । बेलायती संचार संस्था बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने भएको छ ।

विभिन्न संचारमाध्यमका अनुसार बीबीसीले करिब दुई हजार कर्मचारी कटौती गर्ने भएकाे हाे । ‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले करिब १५ वर्षमा गर्न लागेको सबै भन्दा ठूलो कटौती हुने भएकाे छ ।

बीबीसीले भने जागिर कटौतीको आरोप पुष्टि गरेको छैन ।