
बर्दिया, कात्तिक १९ । बढैयाताल गाउँपालिका–३, गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला आइतबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
मृतक मोहनका नातेदार रामरोशन सोनकरकाअनुसार राति १ बजे नकाबधारी पाँचजनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेको थियो ।
सो समूह त्यहाँबाट गएलगत्तै घटनाकाबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
घाइते खटिकलाई उपचारका लागि नेपालगन्ज नर्सिङ होममा लगिएको र उपचारकाक्रममा मृत्य भएको थियो ।
उक्त समूहले घरमा रहेको रु पाँच लाख पनि लुटेर लगेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना आफूले पाएको तर गोली लागि भएको वा अन्य कारणबारे शव परीक्षणपछिमात्रै भन्न सकिने बताए । रासस
प्रतिक्रिया दिनुहोस्