काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३।३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिमका लागि जर्ज मुन्सेले सर्वाधिक १२५ रन बनाए । उनले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गरे । उनी अविजित रहे ।
त्यस्तै, बिनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाए । मुन्से र भण्डारीले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।






प्रतिक्रिया दिनुहोस्