Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


एनपीएल: विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार कीर्तिपुरमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तान चमिका करुणारत्नेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । उनले विराटनगरलाई सुरुआतमा फिल्डिङमा उतारेका हुन् ।

दुवै टोलीका लागि यो खेल अंक तालिकामा आफ्नो अवस्था सुधार्ने अवसरका रूपमा रहेको छ । हाल विराटनगर पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंक जोडेर छैटौँ स्थानमा छ ।

यता पोखराले पनि पाँच खेल खेलिसकेको छ । एक खेलमा मात्र सफलता हात पारेको टोली दुई अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।

प्लेअफ यात्रालाई सहज बनाउन दुवै टोलीलाई आजको खेलमा जित आवश्यक छ । खेल अहिले केहिबेरमा सुरु हुनेछ ।

Skip This