Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छः सभामुख अर्याल


0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताउनुभएको छ ।

थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रैथाने मेला काठमाडौंमा मात्र नभई ठूला बजार भएका विभिन्न शहरहरुमा सरकारले नै आयोजना गर्नुपर्ने बताउनु भयो ।

मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउने अवसर प्रदान गर्ने उहाँको भनाई छ ।

Skip This