काठमाडाैं । काठमाडौंमा भएको ३ दिने युवा सम्मेलनले सबै स्थानीय तहमा कम्तिमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग गरेको छ ।
जलवायु परिवर्तन सम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्था गर्नुपर्ने भन्दै सम्मेलनले त्यसको शुरुवात स्थानीय तहबाटै गर्नुपर्ने माग गरेको हो । स्थानीय, प्रदेश र संघीय तहका सबै जलवायु निर्णय प्रक्रियामा बालबालिका तथा युवाको समानुपातिक प्रतिनिधित्वसहित निर्णय प्रक्रियामा सहभागीताको सुनिश्चित गरिनुपर्ने माग पनि युवाहरुले गरेका छन् ।
जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नाराका साथ शुरु भएको सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै त्यसको कार्यान्वयनको पनि सुक्ष्म अनुगमन गरिने जनाएको हाे । समापन कार्यक्रमलाई सम्बोधन गर्दे नेप्लिज युथ फर क्लाइमेट एक्सशनकी राष्ट्रिय संयोजक आकृति डोटेलले घोषणा पत्र कार्यान्वयन भए नभएको बारेमा पनि निरन्तर खबरदारी गरिने बताउनुभएकाे छ। सम्मेलनका निष्कर्षलाई सरोकारवाला मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा सम्बोधन गराउन पहल गर्नुको साथै बंगलादेशमा आयोजना हुने क्षेत्रीय युवा सम्मेलनमा पनि प्रश्तुत गरिने भएकाे हाे ।
त्यसैगरी नेपालका बालबालिका तथा युवाको आवाज प्रतिनित्विय गरेको सम्मेलनको निष्कर्षलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि (यूएनफसीसीसी) को आधिकारिक बालबालिका तथा युवा समूह (योङगो) मार्फत जलवायु परिर्वतन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रश्तुत गरिने योङगोका पोलिसि टिम सदस्य अटल ढकालले जानकारी दिनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्