Logo ९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026


अनसनरत डा.गोविन्द केसीलाई अस्पताल भर्नाको तयारी


182
Shares

धनगढी ।

२४औँ आमरण अनसनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।

सहयोगी डा.अमृत जैसीका अनुसार डा.केसीको शरीरमा सुगरको मात्रा ५० मा झरेको छ भने रक्तचाप पनि न्यून देखिएको छ। स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने भएकाले उहाँलाई उपचार र निगरानीका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा २४औँ आमरण अनसन सुरु गर्नुभएको हो ।