Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


मकवानपुरबाट कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ


26
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति मकवानपुरबाट पक्राउ परेका छन्।

भीमफेदी गाउँपालिका–८, सल्ले बस्ने अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ परेका थिङविरुद्ध मकवानपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो । लामो समयदेखि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जनाइएको छ।

प्रहरीले पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय भीमफेदी ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हाे ।