सुबर्ण श्रेष्ठ, हेटौंडा ।
नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा प्रहरीले पिकअप गाडीबाट १०९ किलो ९६ ग्राम अवैध गाँजा बरामद गरेको छ।
आज बिहान ४:३० बजे चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ४८९४ नम्बरको योद्धा पिकअप चेकजाँच गर्दा त्रिपालले छोपेर राखिएको १५ पोकामा गाँजा फेला परेको हो।
प्रहरीले गाँजासहित गाडी र गाडीमा सवार धादिङ गजुरी नगरपालिका–७ का ४१ वर्षीय सुमन तामाङ र १९ वर्षीय इरोज तामाङलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्