Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


गणेशको आत्मदाह घटनाको बारेमा छानबिन गर्न डीआईजी थपलियाको नेतृत्वमा समिति गठन: गृहमन्त्री गुरूङ


13
Shares

काठमाडौं । सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छनबिनका लागि समिति गठन गरेको छ ।

प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताउनुभएकाे हाे। साेही समितिमा पाँच जना सदस्य रहेकाे समेत बताउनुभएकाे छ ।

उहाँले सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको समेत बताउनुभयाे । निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङले जानकारी दिनुभएकाे छ।