Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


अस्ट्रेलियन टी-२० क्रिकेट फ्रेन्चाइज प्रतियोगिता बिग ब्यास लिगकाे उद्घाटन भारतको चेन्नईमा हुने


13
Shares

काठमाडौं । अस्ट्रेलियन टी–२० क्रिकेट फ्रेन्चाइज प्रतियोगिता बिग ब्यास लिग (बीबीएल) को आगामी संस्करणको उद्घाटन भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा हुने भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेलबर्न क्रिकेट रंगशालामा संयुक्त रूपमा यसको घोषणा गरेका हुन् । दुई देशबीचको खेलकुद साझेदारी र ‘जि डे नमस्ते’ अभियानअन्तर्गत आगामी डिसेम्बर १२ तारिखमा हुने बीबीएलको १६औँ संस्करणको उद्घाटनमा साविक विजेता पर्थ स्कोर्चर्स र मेलबर्न रेनेगेड्स भिड्ने भएका छन् ।

बीबीएल पहिलोपटक अस्ट्रेलियाबाहिर हुन लागेको हो । अस्ट्रेलियन प्रधानमन्त्री अल्बानीजले भन्नुभयाे,- ‘म भारतसँग खेलकुदमा सहकार्य विस्तार गर्न उत्साहित छु । यो साझेदारीले अस्ट्रेलियन नागरिकलाई खुसी मात्र नभएर व्यापार, पर्यटन र लगानीलाई पनि बढावा दिन्छ।’