Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


अर्जेन्टिनासँग पराजित भएपछि आफ्नाे टाेलीलाई धाँधली गरेर वञ्चित गरिएको इजिप्टका मुख्य प्रशिक्षक हसनको आरोप


39
Shares

काठमाडौं । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफा विश्वकप फुटबलको क्वाटरफाइनल पुग्ने ऐतिहासिक अवसरबाट आफ्नो टोलीलाई धाँधली गरेर वञ्चित गरिएको आरोप लगाएका छन् ।

एटलान्टामा मंगलबार राति भएको खेलमा इजिप्टले शुरुवातमा २–० गाेलको अग्रता बनाए पनि साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । इजिप्टले विश्वविजेता अर्जेन्टिनाविरुद्ध खेलको १५औँ मिनेटमै अग्रता लिएको थियो । दोस्रो हाफमा त्यसलाई दोब्बर बनाएको हाे । तर, अन्ततः खेल अर्जेन्टिनाले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा आक्रामक रूपमा प्रस्तुत भएका हसनले भनेका छन्- “म यसलाई सामान्य भाग्यको खेल भनेर मिठो भाषामा टार्न चाहन्न । आज हामीमाथि सरासर धोकाधडी भएको छ । हामी ठूलो अन्यायको सिकार भएका छौं।”