Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षाको नतिजा सार्वजनिक


39
Shares

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि अर्थात पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजनिक नतिजा अनुसार परीक्षामा १ लाख २९ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएकाे जनाउकाे हाे । यो कूल सहभागीको ६४ दशमलव ६९ प्रतिशत हो । जीपीए अनुसार सबै भन्दा बढी ५१ हजार ४ सय ३८ विद्यार्थीले २ दशमलब ४० देखि २ दशमलब ८० सम्म जीपीए प्राप्त गरेका छन् ।

बोर्डले नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको पनि जनाएको हाे । यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।