Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने राष्ट्र बैंककाे तयारी


13
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरु गर्ने भएको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका पालिका समेटेर ‘र्‍यान्डम स्यापिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४ सय ५ नमुना सङ्कलन गर्ने जनाएको हाे। राष्ट्र बैंकले सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शीता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा सम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव संकलन गर्ने भएकाे छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास गरेकाे हाे । राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्यांक संकलनको कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आह्वान गरेको छ ।