Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कैलालीमा ग्रिनेड पड्किँदा एक नेपाली सेनाको मृत्यु


403
Shares

काठमाडौं । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा-हुँदा हिमाल विक्रम विष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । सोही घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए ।