Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


नेकपा एमाले संसदीय दलको बैठक जारी


130
Shares

काठमाडाैं । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ ।

बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीति तयार पार्ने कार्यसूची रहेको छ । संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठक समेत आह्वान गरिएको छ ।

उक्त बैठकले संसदीय दलको छलफल र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे थप निर्णय लिने जनाइएको छ । साथै पार्टीको तर्फबाट प्रतिनिधि सभामा सचेतक तोक्ने पनि बताइएको छ ।