Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नेपाललाई जिताउन राजनीतिमा आएका हौँ : स्वर्णिम वाग्ले


52
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा अर्थमन्त्री डा. ले आफूहरू कसैलाई हराउन नभई नेपाललाई जिताउन राजनीतिमा आएको बताउनुभएकाे छ ।

आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले रास्वपा पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको बताउनुभयाे ।

‘आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं,’ उहाँले भन्नुभयाे, ‘नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ । केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ ।’ वाग्लेले रास्वपाको उद्देश्य सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन भएको बताए। ‘हामी विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौं,’ उहाँले भन्नुभयाे ।