काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गर्नुभएको हो ।
आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आउनुभएको थियो । सभामुख अर्यालले पटकपटक आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई आग्रह गर्नुभएको थियो ।
विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।









प्रतिक्रिया दिनुहोस्