Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक


338
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल ३ हजार १ सय ३५ उम्मेदवार रहेका हुन् । प्रकाशित बन्द सूचीमा १ हजार ७ सय ७२ महिला र एक हजार ३ सय ६३ पुरुष उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको हो।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले यसअघि ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो ।