Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बीमा कम्पनीद्वारा ५ अर्ब ४८ करोड दावी रकम बीमितलाई भुक्तानी


208
Shares

काठमाडाैं। बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड दावी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३ सय १६ वटा बीमा दावीको करिब २३ अर्ब ४७ करोड दावी रकम परेको थियो । जसमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ५ अर्ब ४८ करोड २५ लाख दावी रकम बीमितहरूलाई भुक्तानी कम्पनीहरुले गरिसकेका हुन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांक अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दावी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दावीको दावी रकम करिब १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३ सय २१ वटा बीमा दावीको दावी रकम करिव ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

त्यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २ सय २६ वटा बीमा दावीको करिब ५५ करोड ३९ लाख दावी रकममध्ये करिब ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दावीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दावीको करिब ३८ करोड ४० लाख दावी रकममध्ये करिब ५ करोड अग्रिम भुक्तानी समेत गरी दावी रकम भुक्तानी भएको छ।

त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दावी भुक्तानी गरेको प्राधिकरणले जनाएकाे छ। बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दावीको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ।