Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


समानुपातिक उम्मेदवारको बन्दसूची आयाेगमा ९ राजनीतिक दलले बुझाए

आयाेगले उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने

1.9k
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो ।

साेमबार साँझसम्म ९ वटा राजनितिक दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । तर अझै पनि शीर्ष दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छैनन् ।आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन । तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मंगलबार बिहान १० बजे पनि सेवा दिइने छ।

आयोगमा प्रतिनिधि पठाएर निस्सा लिने तर बन्दसूची समयमै पेश नगर्दा समस्या भएको आयोगले जनाएकाे हाे।