Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


हरियो, सफा र आकर्षक सहर’ अभियान


13
Shares

वीरगञ्ज । पालिकी वीरगञ्ज महानगरपालिकालाई हरियो, सफा, बस्नलायक र सुन्दर बनाउनका लागि हरियो, सफा र आकर्षक वीरगञ्ज अभियान थालेको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र २३ नम्बर ब्यारेक वीरगञ्ज तथा ठूलो गरी वडा कार्यालय, नगर कार्यपालिकाको उपस्थितिमा बुधबार बिहान अभियानको थालनी भएको हो ।

महानगर प्रमुख राजेशमान सिंहले अभियानले सहर सफा, आकर्षक र हराभरा बनाउने उद्देश्य रहेको बताए । कार्यक्रममा सहभागीले सडक वरिपरिका झाडी–झार हटाउँदै सरसफाइ कार्यमा जुटेका थिए । वडा अध्यक्षले अभियान सबै वडामा निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

अभियानले महानगरवासीमा सरसफाइप्रति जागरूकता बढाउँदै सहरलाई सुन्दर बनाउने अपेक्षा गरिएको छ ।